२०७६ असोज ३

सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन भोजपुरको आपत्ति जनाउदै बुझायो ज्ञापनपत्र

भोजपुर । सरकारी सञ्चारमाध्यममा सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन भोजपुरले आपत्ती जनाएको छ । सञ्चार मन्त्रालय र सञ्चारमन्त्री गोकुल बास्कोटालाई सच्चिन आग्रह गदै जिल्ला प्रशासन भोजपुरमा ज्ञापन बुझाइएका छन् ।

दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर कामबाट हटाएको भन्दै आपत्ती जनाएको हो । अल्टिमेटमसहित तत्काल पुनःबहाली गर्न माग गदै विवादित सञ्चार विधेयक समेत सच्याउन संंचार मन्त्रीसंग माग गर्दै प्रेस युनियन भोजपुले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै प्रेस युनियन भोजपुरका सभापति अर्जुन बस्नेतले राजनितिक प्रतिशोधले निकालिएको कर्मचारीलाई तत्काल काममा फर्काउँन माग गरे । पत्रकारहरुको योग्यताको कुरा उठाउँने सञ्चारमन्त्रलायले दक्ष कर्मचारी निकालेर सरकारी सञ्चारमाध्याम कार्यकर्ता जागिर खाने ठाउँ बनाएको सभापति बस्नेतको भनाई थियो । त्यस्तै प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थगन गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्टिूयसभाबाट प्रक्रिया अघि बढाएकोप्रति आपत्ती समेत जनाईएको छ ।

विज्ञाप्तीमा भनिउको विवादास्पद प्रावधान  राखेर आचारसंहितालाई कानुनको रूपमा ल्याउन खोजेकोमा आपत्ती रहेको जनाउदै प्रेस युनियन सदैव पत्रकारको हकहित र प्रेस स्वतन्त्रताको पक्षमा लडिरहने प्रण गर्दै प्रेस स्वतन्त्रता  विरोधी कुनै पनि क्रियाकलाप सह्य नहुने उल्लेख गरिएको छ ।

Loading...