२०७६ कार्तिक २६

दैनिक व्यवहारमा लुकेको मनोविज्ञान, अर्काको व्यवहारलाई सुक्ष्मरुपमा कसरी बुझ्ने ?

काठमाडौं, ३२ साउन । हाम्रो दैनिक जीवनमा हजारौं व्यवहारहरुको सामना हामीले गर्नुपर्छ । सामाजिक प्राणी भएपछि हामीले धेरै व्यवहारहरु मानिससँग नै गर्ने गर्दछौ। त्यस्ता व्यवहारहरु केही त सीधा अभिव्यक्त हुने खालका हुन्छन् भने केही उनीहरुको हाउभाउ, बोलीको शैली र उनीहरुको अभिव्यक्तिको परिस्थितिलाई पनि बुझेर विश्लेषण गर्नुपर्दछ ।

मनोविज्ञान त्यही हो जसले अर्को मानिसले शब्दमार्फत् नबोलेपनि उसले भनेको कुरा बुझ्न सक्नु । धेरै मानिसहरु सबै कुरा अर्को व्यक्तिलाई बताउने गर्दैनन् । त्यसैले धेरै कुरा हामी उसले भन्न खोजेको कुरा मनोबैज्ञानिक रुपले पनि थाहा पाउन सकिन्छ । जुन हामीलाई सामान्य लाग्ने व्यवहारभित्र नै लुकेर बसेको हुन्छ ।

हामीलाई सामान्य लाग्ने यिनै व्यवहारहरुलाई हामीले चासो दिने हो भने त्यसैभित्र पनि धेरै कुराहरु लुकेको हुनसक्छ । तल, हामीले यस्तै यस्ता मनोविज्ञान जोडिएका केही विषयहरु प्रस्तुत गरेका छौं ।

१ यदि कसैले आफ्नो कुरा अर्कोले सुनोस् भन्ने चाहन्छ भने कुनैपनि कुरा गर्नुपहिले ”म तपाईंलाई यो कुरा बताउन त चाहेको थिईन…” भनेर सुरु गर्नुपर्छ ।

२ यदि कसैले तपाईंलाई सल्लाह दिन्छ भने त्यसको जवाफमा ”तपाईंले ठीक कुरा गर्नु भयो” भन्नुभन्दा पनि ”अँ बुझेँ” भन्नु राम्रो मानिन्छ।

३ महिलाहरु केवल त्यही मानिसहरुसँग बहस गर्न मन पराउँछन् जसलाई उनीहरुले साँच्चिकै ध्यान दिएका हुन्छन् ।

४ जब कुनैपनि समूह एकठ्ठा भएर कसैको मजाक उडाउँछ भने त्यो मानिस उसैको मुख तिर हेर्दछ । जसलाई उसले दिलदेखि नै नजिक मानेको हुन्छ ।

५ तपाईंले कुनै कुरा गर्दै गर्दा कोही व्यक्तिले आफ्नो शिर निहुराउँछ भने बुझ्नुहोस् तपाईंले गरिरहेको कुरामा उसलाई कुनै चासो छैन र तपाईं रिसाउनु हुन्छ भन्ने डरले त्यो बताउन पनि चाहिरहेको छैन।

६ यदि तपाईंको दुई जनासँग प्रेम भएको छ र एकलाई छोड्नु छ भने तपाईंले पहिलो प्रेमलाई छाड्नु पर्छ । किनकी यदि तपाईले पहिलोसँग सच्चा प्रेम गर्नुभएको थियो भने उसलाई छाड्नु नै हुँदैन थियो।

७ हरेक कामको लागि हुन्छ मात्रै भन्नु हुँदैन । धेरै मानिसहरु त्यस्ता मानिसको इज्जत गर्दछन् जोसँग केही सीमा हुन्छ । त्यसैले कहिलेकाहिँ हुँदैन पनि भन्न सक्नुपर्छ ।

८ यदि तपाईं एक पटक कसैसँग प्रेममा पर्नुभयो र उसँग प्रेम छुट्यो भने त्यसपछि तपाईं उसँग साथी बन्न सक्नुहुन्न ।

९ अधिकांश मानिसलाई आफ्नो खल्तीमा राखेको फोनमा भाईब्रेसन भएको महसुस हुन्छ । तर, त्यो वास्तवमै भएको हुँदैन । त्यो मनको खेल मात्रै हो ।

१० एक्लोपनको अनुभव त्यतिबेला हुँदैन जतिबेला कुनैपनि मानिस एक्लो हुन्छ । त्यतिबेला हुन्छ जतिबेला उसलाई ध्यान दिने मानिसको कमि हुन्छ ।

११ यदि तपाई कुनै पनि कारण विना नै एक्कासी निराश हुनुहुन्छ भने तपाईंंले कसैलाई सम्झिईरहनु भएको हुन्छ । जबकी त्यो कुरा तपाईं स्वयंलाई थाहा हुँदैन ।

१२ कसैले नबोलाए पनि आफ्नो नाम बोलाएको जस्तो लाग्नु एक स्वस्थ दिमागको संकेत हो ।

१३ कुनैपनि साथि छिट्टै नै पक्का साथी बन्छ भने ऊसँग केही सतर्क रहनु । ऊ धोकेबाज पनि हुनसक्छ ।

१४ कसैको फोन उठाउनु पहिले थोरै भएपनि मुस्कुराउनु । तपाईंको आवाज राम्रो आउँछ ।

१५ तपाईंले कसैसँग जलनको भाव राख्नुहुन्छ भने हाम्रो इम्युन सिस्टमलाई त्यसले कमजोर बनाउँछ ।

१६ इमान्दार बन्दा साथिहरु धेरै बन्दैनन् । जो साथी बन्छन् उनीहरु पक्का हुन्छन् ।

१७ मनोविज्ञानका अनुसार यदि अर्को कोही व्यक्तिको कुरा काट्छ भने ढुक्क हुनुस् उसले तपाईंको पनि कतै न कतै कुरा काटिरहेको हुन्छ ।

१८ यहि हामी कसैको साँच्चिकै ध्यान दिन्छौं भने उसको र तपाईंको मुडको सीधा कनेक्सन हुने गर्दछ । उसको मुड खुश छ भने तपाईंको पनि खुश हुन्छ । उसको मुड दुखी छ भने तपाईंको पनि मुड दुखि हुन्छ ।

१९ कसैले माफी माग्छ भने नसम्झनुस् कि उसले गल्ती गरेको छ ।  विशिष्ट प्रवृत्तिका मानिसहरु अरुको इगो कम गर्नको लागि पनि माफी माग्छन् ।

२० जति प्रेम तपाईंको साथी तपाईंमाथि देखाउने गर्दछन् । त्यो भन्दा धेरै प्रेम आफूले गरेको देखाउन खोज्नु तपाईंको ठूलो गल्ती हो ।

२१ मानिसहरु त्यो मान्छेप्रति आकर्षित हुन्छन् । जो हामीलाई मनपर्ने संगीत मनपराउँछन् ।

२२ मनमा लुकाएको भावना कहिलै पनि नष्ट हुँदैन । केही समयको लागि टाढा हुनसक्छ । तर जतिबेला त्यो भावना फर्किएर आउँछ । त्यो झनै दर्दनाक बनेर आउँछ ।

२३ मानिसहरु तपाईंको राम्रो कामको विश्वास गर्नको लागि पटक पटक तपाईंसँग सोध्न आउँछन् र नराम्रोकाम तपाईलाई सोध्नु भन्दा पहिले नै विश्वास गर्नेछन् ।

२४ धेरै प्रश्न सोध्नाले तपाईं त्यति धेरै प्रिय बन्नु हुनेछ ।

२५ मानिसहरु यो सोच्दैनन् कि तपाईंले ऊसँग के भन्नुभयो । यो सम्झन्छन् कि तपाईंले के महसुस गराउनु भयो ?

Loading...