२०७६ कार्तिक २६

आगालागी पिडितलाई वडा कार्यालय याङ्पाङ्ले गर्यो राहत वितरण

भोजपुर , १३ साउन । भोजपुरको अरुण गाउँपालीका वडा नं. १ याङपाङले आगालागि पिडितलाई राहात वितरण गरेको छ । आईतवार तीर्थ बहादुर तामाङको घरमा आगालागि हुदा भर र पाली पुर्ण रुपमा क्षती पुगी पिडित बनेका तामाङलाई तत्काल राहत स्वरुप वडा कार्यालयले ५ हजार १ रुपैयाँ, १ थान पाल र पशुलाई औषधि उपलब्ध गराएको वडा नं. १ का अवा अध्यक्ष नगेन्द्र खत्रिले सेतोकलमलाई जानकारी दिए ।

यस्तै पिडित तामाङका परिवारलाई अरुण गाउँपालिकाले नगत ५ हजार १ रुपैयाँ, १ थान पाल, २ वोरा चामल, ४ पोका तेल, ५०० को मसला, नुन र साबुन राहात स्वरुप वितरण गरेको खत्रीले जानकारी दिए ।

पिडित परिवारलाई रेड्क्रस सोसाईटी उप शाखा प्याउलीको तर्फबाट २ कमल, १ पाल, लत्ता कपडा, १ सेट भाडा बरतन उपलब्ध गराइएको छ ।
१३ गते आईतवार भएको आगालागीबाट अरुण गाउपालिका वडा नम्बर १ याङ्पाङ साबिक वडा न. ७ रातमाटे का तिर्थ बहादुर तामाङको घर र गोठ दुबै जलेको थियो । आगालागीबाट एउटा ब्याउने गाइ, ६ वटा कुखुरा घरमा भएका सबै धन माल जलेको थियो ।

बाचेको एउटा गोरु र बाछी जलेर घाइते अबस्थाम छ। निजको श्रीमती र ३ रा रहेका छन भो उनीहरको बसाई पालमुनी रहेको स्थानीले जानकारी दिए ।

Loading...