२०७६ मंशिर २९

हिराेइन करिश्माले नबुझेको कुरा

गत शुक्रबार ९शीतल० निवासमा राष्ट्रिय चलचित्र पुरस्कार ‘बाँड्ने’ कार्यक्रम थियो  । कार्यक्रममा प्रायः सबै सहभागी थिए  । अघिल्लो वर्ष पुरस्कार थापेकाहरू, निर्णयकर्ताहरू, अभिलेखकर्ताहरू, फोटोग्राफरहरू । पूर्वपदाधिकारीहरूदेखि हालका अधिकारीहरू । कर्मचारीहरू । साथमा माननीय सञ्चारमन्त्री र दिनेश डीसीज्यूहरू ।

यसरी धेरैको उपस्थितिमा एउटा ‘भव्य’ समारोहबीच सम्माननीय राष्ट्रपति महोदयको करकमलबाट २०७३ देखि २०७५ सम्मका ‘विजेता’ हरूलाई जनही २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र बाँडियो । थाप्न लाइन लाग्ने धेरैमध्ये एउटा लाज पचेका विजेता म आफैं थिएँ ।

कार्यक्रम थलोमा मभित्र एउटा प्रश्न आयो । यस्तो विशेष कार्यक्रममा करिश्मा मानन्धरजीले ‘नाच्न’ इन्कार मात्र गर्नुभएन, ‘घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन’ भनेर फेसबुकमा लेख्नुभयो । के राम्रो गर्नुभयो रु मेरो प्रश्न म आफैंसँग आउन पाउँदा नपाउँदै ‘करिश्माजीले यो त ठीक गर्नुभएन’ भन्ने गाइँगुइँ सुरु भयो । गाइँगुइँको आशय थियो अरे यो त सीधासीधा राष्ट्रपति महोदयको अपमानै भयो, राज्यको अपमान भयो भन्नेखालको थियो ।यसो गम्दा कुरा ठीकै हो । चलचित्र उद्योग अहिले पनि चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ मार्फत नियमन गरिन्छ । भनौं न, चलचित्र उद्योगमा अझै ‘पञ्चायती शासन’ हावी छ । ऐन कानुन मात्र होइन कतिपय मूल्यमान्यता र व्यवहार पनि उस्तै छन् । भन्छन् नि, ‘देशअनुसारको भेष, कानुनअनुसारको केस ।’ यो अंग्रजी केस हो, अर्थात् मुद्दा । यति त करिश्माजीले बुझ्नुपर्ने हो । तर मिलन चाम्सजीले बुझे । दीपेन्द्र लामाजीहरूले बुझे । म आफैं लुखुरलुखुर निवासमा गएर ‘उत्कृष्ट निर्देशक’ को पुरस्कार थापिल्याएँ । करिश्माजी किन नबुझेको, बुझिएन १

सायद करिश्माजीलाई लाग्यो होला— देशमा लोकतन्त्र आएको छ । गणतन्त्र नै आएको छ । यस्तो अवस्थामा दरबार दरबार रहन्न । कसैको निवास हुन्छ । उहाँका लागि घर । तर, समारोहको तयारीमा उहाँले पञ्चायती शैलीको छनक पाउनुभयो । त्यसैले ‘एकादेशको कथा, पहिला पहिला देशमा राजा हुन्थे’ भन्न भ्याउनुभयो । उहाँले थाहा पाए पनि चलचित्र क्षेत्रका धेरैले थाहा नपाएको एउटा चुरो कुरा के भने ‘देशमा आएको गणतन्त्रसँग चलचित्र उद्योगको साइनो के रु’ मैले कुन ठाउँमा पुरस्कार थापेँ, कसरी थापेँ के मतलब १ राष्ट्रपतिको हातबाट थापियो, त्यो पो महत्त्वपूर्ण हो । अब फेसबुकमा राख्दा कम्ती लाइक आउँदैन । त्यस्तो महत्त्व, कहिलेकाहीँ फेसबुक चलाउने करिश्माजीलाई के थाहा १ मलाई उहाँलाई जस्तो ‘पुगिसरी’ पनि त आएको थिएन । बल्लबल्ल पहिलो पुरस्कार पाएको हो, कसरी छोड्नु । ममात्र गएको पनि होइन । हाम्रा पुस्ताका लगभग सबैलाई मलाईजस्तै भएको होला । विनोद पौडेलजीलाई । दीपेन्द्रजीलाई । विपिनजीलाई । मीनजीलाई । दयाजीहरूलाई । सबै सबैलाई । भलै मजस्तोलाई पुरस्कार दिलाउन दुई–चार जनाले युद्धै लड्नुपरेको होस् । त्यो पनि सिनेमा प्रदर्शनको ९अवार्डको निर्णय भएको० दुई वर्षपछि पाएको १ पुरस्कार पाएँ, त्यो पो ठूलो कुरा भयो १ अब राष्ट्रपति महोदयलाई बर्सेनि सिनेमाको अवार्ड बाँड्ने फुर्सद पनि त हुन्न १

फेरि सबै कुरा करिश्माजीले भनेजस्तो कहाँ सजिलो छ र रु उहाँले नबुझे पनि धेरैले बुझे– राष्ट्रपति महोदय निवासबाहिर निस्कदा ट्राफिक जाम हुन्थ्यो । हेलिकप्टरको प्रयोग गरौं आकाशमै एयर ट्राफिक ‘जाम’ हुने खतरा । आखिर हाम्रो राष्ट्रपति ‘पर–पीडक’ पनि त हुनुहुन्न । हुन पनि मिलेन । राष्ट्रपति महोदयले पुरस्कार बाँड्न घरबाहिरै आउँछु भन्नुभएको भए चलचित्र बोर्डले त्यस्तो भव्य ९२ सय मान्छे अटाउन सक्ने० समारोह गर्न सक्ने अर्को कुनै ठाउँ कहाँ भेट्टाउनु । हाम्रो देशमा चलचित्रकर्मीलाई त्यस्तो सजिलो कहाँ छ र १ त्यसै ‘घर’ मा आउँदिन भन्दियो, भयो । तीन वर्षदेखि अड्की रहेको पुरस्कारहरू बाँडेर फत्ते गर्नुथ्यो । त्यस्तो विशेष कार्यक्रमा वरिष्ठ नायक–नायिका सरोज खनाल, गौरी मल्ल, सनी रौनियारहरूदेखि छुल्ठिम गुरुङसम्मले नाच्दै थिए । सन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजजस्ता वरिष्ठ नृत्य निर्देशकले प्रशिक्षण दिंदै थिए । करिश्माजीले पनि नाच्नुभएको भए के नै बिग्रन्थ्यो १ अब कलाकारलाई न नचाइ यत्रो वर्षको चलचित्रको इतिहास राष्ट्रपति महोदयमा कसरी पो प्रकाश पार्ने भन्नुस् त रु राष्ट्रपति महोदयलाई नेपाली सिनेमाको भिडियो क्लिपहरू देखाउने रु हाम्रो राष्ट्रपति महोदयलाई देखाउनलायककै क्लिप पनि छ छैन १ त्यसमा पनि जिउँदाजाग्दो कलाकारहरू नै छँदाछँदै त्यो क्लिपहरू किन देखाउनु रु भन्नुस् त रु त्यो कुनै सिनेमावलाहरूको कार्यक्रम हो र १ यो त राष्ट्रिय अवार्ड बाँड्ने कार्यक्रम पो थियो । यसो सोच्नुस् त ।

सायद करिश्माजी लाग्यो— देशमा गणतन्त्र आएको छ । राष्ट्रिय भनेको अवार्ड त सर्वसाधारणको पहुँच भएको ठाउँमा हुनुपर्छ । पुरस्कृत सबै चलचित्रहरू प्रसारप्रचारका लागि नयाँ ढंगले केही गर्नुपर्छ । सके हप्तौंसम्म ‘सेलेब्रेट’ गरिनुपर्छ । तर, उहाँले बिर्सनुभयो दरबारमा कला ‘प्रदर्शन गर्ने’ मात्र नभएर ‘पुरस्कार’ थाप्ने जुगौजुगदेखि चलिआएको हाम्रो ‘परम्परा’ हो । आफ्नो परम्परा र संस्कृतिको हामी सबैले माया नगरे कसले गर्ने रु हाम्रो सञ्चारमन्त्रीजीलाई त कति माया रहेछ संस्कृतिको । आफ्नो स्वागत भाषणमा घरीघरी ‘कला र संस्कृति’ भनिरहनुभयो । यतिसम्म कि, सबै जना उहाँ संस्कृतिमन्त्री भनेर झुक्किएका १ अब ‘चलचित्र’ जस्तो कुरो संस्कृति मन्त्रालयभित्र त पर्न नहुने । कसरी संस्कृतिमन्त्री ‘अवार्ड’ बाँड्न आउनुभयो भन्दै गाइँगुइँ भइरह्यो । भन्नोस् त । धन्न उद्घोषकमा हाम्रो दिनेश डीसीज्यू हुनुहुन्थ्यो र मात्र १

हाम्रो उद्घोषकज्यूले राष्ट्रपति महोदयलाई राम्रा राम्रा कथाहरू पनि सुनाउनुभयो । राजेश हमालजीले खोइ कुन्नि कुनचाहिँ चौरमा नाचेकाले अहिलेसम्म त्यो ठाउँमा घाँस उम्रिन सकेको छैन रे १ राष्ट्रपति महोदय राजेशजी ‘निवास’ मा नआउनुभएको खुसीमा कम्ता हाँस्नुभएन । डीसीज्यूलाई थाइल्यान्डको फुकेट भन्ने ठाउँमा ‘जेम्स बन्ड’ छायांकन भएपछि त्यहाँको पर्यटक कति संख्यामा बढ्यो सबै कण्ठै रहेछ । उहाँले ‘आइफा’ को नामै नलिई ‘आइफा अवार्ड’ गर्न कति आवश्यक हो भन्नेसमेत प्रकाश पार्नुभयो १ त्यसो त आ–आफ्नो भाषणमा सम्माननीय राष्ट्रपति महोदय र सञ्चारमन्त्रीज्यूले पनि आइफा अवार्डको नामै नलिई त्यसको गाथा नगाउनुभएको होइन ।

जे होस्, निवासमा नआएर साह्रै गतल गर्नुभयो करिश्माजीले । निवासलाई घर भन्न नहुने । राजारानी एकादेशको कथा भइसक्यो त झनै भन्न नहुने १ सीधासीधा सम्माननीय राष्ट्रपति महोदयको अपमान भयो । राज्यको अपमान भयो । बस् यिनै गाइँगुइँबीच करिश्माजीबारे ममा उब्जिएको प्रश्न प्रश्नकै रूपमा रहिरह्यो । सके अर्को राष्ट्रिय चलचित्र पुरस्कार समारोहसम्म आइपुग्दा नपुग्दै त्यो प्रश्नको उत्तर मिल्नेछ १

Loading...