२०७६ साउन ५

मृत्यू हुनु भन्दा अगाडी चियाको चुस्कीसंगै विप्लप कार्यकर्ता र प्रहरी विच यस्तो भएको थियो कुराकानी

भोजपुर, २५ असार । भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीको गुप्तचार विच गोली हानाहान भएको छ । गोली हानाहान हुँदा प्रहरी र विप्लप कार्यकर्ता दुवैको मृत्यू भएको छ । भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीको गुप्तचार माथि विहान ८ : ४५ बजे आक्रमण गर्दा प्रहरी जवान सन्जिव राई र विप्लप कार्यकर्ता निरकुमार राई विच गोली हानाहान हुदा दुवैको मृत्मू भएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिएका छन् । हटियामा लाग्ने बुधवारे बजार आसपासमा विप्लप कार्यकर्ताको हुनसक्ने गोप्य सूचनाका आधारमा पक्राउ गर्न गएका प्रहरी जवान राईलाई विप्लप कार्यकर्ताले गोली चलाएको सिडियो खतीवडाले जानकारी दिए । त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ । मृत्यु हुनेमा षडानन्द नगरपालिका वोयाका विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज निरकुमार राई रहेका छन् । प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ । प्रहरीमाथि आक्रमण भए पछि भोजपुरमा सुरक्षा स्थिती कडा पारिएको छ ।
विप्लवका कार्यकर्ता ओखलढुंगा सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’ भोजपुर नगरपालिका वडा नं. ७ मा रहेको हटिया अगाडी पसलमा करिव विहानको ८ वजे होटलमा पुगेको स्थानीले बताएका छन् । सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबुलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए । प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउनेरजाने गरिरहेका थिए । बुधबार पनि बिहानै आएर अरू मान्छेसँग ‘हेलोहाई’ गरिरहेका थिए । करिब साढे ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘राईभाई र दाइभाइ’ को साइनो पनि लगाए । अभिवादन साटासाट गरे । सञ्जीव सुराकीका लागि चिया पसल छिरेका थिए । गफकै क्रममा नीरकुमारले सञ्जीवलाई भने, ‘विप्लवको पार्टीमा लाग्यो भन्दैमा मलाई किन खेदो गर्छौ ? पार्टीमा लाग्नु आस्थाको कुरा हो ।’ सञ्जीवले सहज ढंगले उत्तर फर्काए, ‘हामी दुवै राई भएकाले भाइभाइ हो । मैले त्यसरी हेरेको छैन् । किन त्यस्तो सोचेको ?
सञ्जीवले यति भनेपछि नीरकुमार पिसाब गर्न जाने भन्दै पसलबाट निस्कन खोजे । सञ्जीवले नीरकुमारको पाखुरा समाते । ‘गफ गरौं, तपाईं कहाँ जान लागेको ? संगै निक्लीमन मेरा अरू साथी पनि आउँदै छन्,’ सञ्जीवको भनाइ उद्धृत गर्दै प्रत्यक्षदर्शीले सुनाए । स्थानीयले नाम नखुलाउन शर्तमा ‘प्रशान्त’ पिसाब फेर्न जाने भनि निस्कन खोज्दा प्रहरी सञ्जीवले पक्रिए पछि ‘प्रशान्त’ ठेलाठेल गर्दै भाग्न खोज्दा सञ्जीवले नछोडे पछि सञ्जीवमाथी गोली चलेकोे एक स्थानीय प्रत्यक्ष दर्सीले सुनाए ।
भोजपुर बजार नजिकै रहेको हटिया आसपासमा विप्लवका हतियारधारी कार्यकर्ता रहेको हुनसक्ने गोप्य सूचनाको आधारमा त्यस्ता माान्छेलाई नियन्त्रणमा लिने अभिप्रायले साधा पोषक –सिविलमा) उक्त क्षेत्रतर्फ प्रहरी खटिएको र शिनीवारे हटीया नजिकै रहेको पानधारे होटला एक जना संकास्पद मानिस भेटिएको हुदा उक्त मानिसलाई एरेस्ट गर्ने प्रयास गर्दा अचानक प्रहरी सञ्जीव माथी गोली प्रहार भएको जिल्ला प्रशान कार्यालय भोजपुका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवाडाले बताए । कार्यकता निरकुमार राईले प्रहरी सञ्जीवको कोखामा गोली प्रहार गरे पछि संगै सिविलमा रहेका प्रहरीले आफ्ना साथीलाई जोजाउने र निरकुमार राइलाई एरेष्ट गर्न खोज्दा हातापाई हुदा निरकुमारलाइ गोली लागेको खतीवडाको भनाई छ ।
यता नेत्रविक्रम चन्द ‘विप्लव’का एक नेताले भने प्रहरी जवान सञ्जीवको मृत्यु प्रहरीकै गोलीबाट भएको दाबी गरेको छ । ‘प्रशान्त ओखलढुंगा सेक्रेटरी हुन् उनी पार्टीमा बिदा लिएर घर गएका थिए । उनले कुनै किसिमको हतियार बोकेका थिएनन्’, विप्लवका ती नेताले भने, प्रशान्त निसश्त्र थिए ‘प्रशान्तसँगको घम्साघम्सीका क्रममा प्रहरीले चलाएको गोली सञ्जीवलाई लागी सञ्जीवको मृत्यु भएको दावी गरेका छन् ।
संखुवासभामा भएको दोहोरो भिडन्त पछि विप्लपका कार्यकर्ता भोजपुर छिरेको हुन सक्ने आशंकामा भोजपुरको प्रत्येक क्षेत्रमा सुक्षा गस्ती बढाएको र भोजपुर सदरमुकाम नजिकै रहेको हटियामा आसपासमा विप्लप कार्यकर्ताको गतिविधि बढेको गोप्य सूचनाका आधारमा सिविल प्रहरी गस्ती गर्ने क्रममा विप्लवका कार्यकर्तासँग गोली हानाहान भएको जिल्ला प्रहरी कायालय भोजपुरका प्रहरी नायव उपरिक्षक नरबहादुर सलामी मगरले जानकारी दिए । गोली हानाहानमा प्रहरी जवान खेमनाथ भट्टराई समेत घाईते भएका छन् । भट्टराईको कुमको हड्डी भाचीएको प्रहरीले जनाएको छ ।
भोजपुरमा भएको घटना पछि भोजपुरमा सवै तीर प्रहरी परिचालन गरि सुरक्षा स्थिती कडा बनाईएको छ भने जिल्लामा शान्ति सुरक्षाको स्थिती नविग्रिएका कारण जिल्लामा आतंकीत हुनु पर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भनेका छन् ।

यस अधि पनि भोजपुको ट्याम्केमैयुङको धोद्रेमा आफ्ना एक कार्यकर्ताको प्रहरीले ज्यान लिएपछि विप्लवका कार्यकता आक्रमक भएका थिए । तइसपछि असार १८ गते ट्याम्केमैयुङ गाउँपालिका वडा नं. १ को वडा कार्यालयमा आगजनी र तोडफोड समेत गरेका थिए भने सोहि दिन भोजपुरको देउराली चोकमा बम भेटिएको थियो । बमलाई नेपाली सेनाले निष्कृय पारेको थियो ।
मृतक प्रहरीको शव पोष्माटमका लागि हेली मार्फत विपी कोइराला प्रतिष्ठान धरान गगिएको छ भने विप्लप कार्यकर्ताको आफान्तलाई खवर गरेको आफन्त आए पछि पोष्माटम गरी जिम्मा लागाउने प्रहरी जनाएको छ ।

भिडियोमा पनि हेर्नुस्

Loading...