२०७६ साउन ५

अन्जु पन्तको स्वरमा सरिताको ‘उडेर जाऊँ’ सार्वजनिक

काठमाडौं । गीतकार सरिता लिङ्देनको रचना रहेको ‘उडेर जाऊँ’ बोलको गीतको भिडियो यूट्युब मार्फत सार्वजनिक भएको छ ।
मञ्जुल मितेरीको संगीत रहेको यस गीतमा बादल लिम्बूको संगीत संयोजन र अञ्जु पन्तको स्वर रहेको छ । त्यस्तै, सत्यराज चौलागाईंको निर्देशन रहेको यस गीतको म्यूजिक भिडीयोमा अहिलेका ब्यस्त कलाकारहरु रीमा बिश्वकर्मा र निराजन प्रधानले अभिनय गरेका छन् ।
आफ्नो पहिलो प्रश्तुतीस्वरुप हाईलाईट्स नेपालबाट गीत सार्वजनिक भएसँगसँगै छोटो समयमै यस गीतले पाएको दर्शक र प्रशंसाले आफूलाई नेपाली सुगम संगीतमा अगाडी बढ्ने हौसला मिलिरहेको गीतकार सरिता लिङ्देनले बताईन् ।

Loading...