२०७६ मंशिर ३

स्मार्ट फोन कति खतरनाक छ रु यो तपाईं सोच्न पनि सक्नुहुन्न

बीबीसी । अधिकांश मानिसहरुका लागि स्मार्ट फोन संसार नियाल्ने झ्याल बनेको छ । तर, यही झ्याल तपाईंको निजी जिन्दगी नियाल्ले माध्यम बन्दा कस्तो असर पर्ला रु के तपाईंले यो तथ्यमाथि गहिरिएर मनन् गर्नुभएको छ, कि तपाईंको खल्तीमा तपाईंकै बारेमा जासुसी गर्ने ‘गुप्तचर’ उपस्थित छ रु अनुमान गर्नुस्, यदि ह्याकरले टाढैबाट तपाईंको फोनमा ‘स्पाईवेयर इन्स्टल’ गरेर सम्पूर्ण निजी सूचनाहरुसम्म पुग्यो अथवा ‘स्पाईवेयर’ ले फोनको क्यामेरा र माइक्रोफोनसम्मलाई नियन्त्रित गर्न सक्ने सुविधा ह्याकरलाई दिनुभयो भने परिणाम के होला रु

बीबीसीले गरेको अनुसन्धानका क्रममा विश्वभरी नै पत्रकार, सामाजिक कार्यकर्ता र वकिलहरुका कामको जासुसी गर्नका लागि सफ्टवेयरको प्रयोग भइरहेको फेला परेको छ । सफ्टवेयरको प्रयोग कसले के प्रयोजनका लागि गरिरहेको छ भन्ने प्रश्न उब्जिएको छ । र, यसका साथै खल्तीमा रहेका यि गुप्तचर सफ्टवेयरबाट बच्नका लागि के गर्न सकिन्छ रु

क्यामेराको लेन्स मानिसहको आँखा जस्तै हुन्छ जसले आफू अगाडि भइरहेका हरेक वस्तुलाई देख्छ ।

सरकार, उद्योगी र उपभोक्ताहरुलाई उनीहरुको फोनमा डेटाको सुरक्षाका बारेमा सल्लाह दिँदै आइरहेको सन फ्रान्सिस्कोको कम्पनी लुकआउटका सेक्युरिटी एक्सपर्ट माइक मरेले अहिलेसम्म विकसित गरिएका अत्याधुनिक सफ्टवेयरले काम गर्ने तरिका, उनीहरुको क्षमताका बारेमा जानकारी दिएका छन् । ति अत्याधुनिक सफ्टवेयरलाई हतियारका रूपमा ‘क्लासीफाइड’ गरिएको र कडा शर्तमा बेचबिखन गरिँदै आइएको उनको भनाइ छ ।

“अपरेटरले तपाईंको जीपीएसको सहायतमा तपाईंलाई ट्रयाक गर्न सक्छ,’’ माइक भन्छन्, “उसले चाहेको समयमा तपाईंको फोनको क्यामेरा अन गरेर तपाईंको वरिपरि भइरहेका क्रियाकलापहरुको रेकर्ड गर्न सक्छ । तपाईंसँग भएका सोशल मिडियाका एपहरुमा सहजै पहुँच बनाउन सक्छ । जसका माध्यमबाट उनीहरुले तपाईंको सबै तस्बिर, इमेलका सूचनासँगै हरेक दस्तावेजसम्म पहुँच बढाउन सक्छन् ।’’

उनका अनुसार उक्त सफ्टवेयरले तपाईंको फोनलाई ‘लिसनिङ डिभाइस’ मा परिणत गरेर ट्रयाक गर्छ र जे–जे त्यसमा हुन्छ सबै कुरा चोरी गर्छ । स्पाईवेयर वर्षौंदेखि बन्दै आएका थिए, तर, नयाँ स्पाईवेयरबाट हाम्रा सामु एउटा पूरै नयाँ दुनियाँको रहस्य खुल्दछ ।

यात्राका दौरान यो सफ्वेयरले डेटासम्म पहुँच बनाउन सक्दैन । तर, स्थिर अवस्थामा तपाईंको फोनका सबै फङ्क्शनमा उसको नियन्त्रण रहन्छ । सफ्टवेयरको टेक्नोलोजी यति अत्याधुनिक छ कि यसलाई नियन्त्रणमा लिन असम्भव छ ।

यस प्रकारका स्पाईवेयर बनाउने डेभलपर्सका लागि विशेष एस्पोर्ट लाइसेन्सको आवश्यकता पर्दछ । जस्तो कि रक्षा ९डिफेन्स० का अन्य मामिलाहरुमा आवश्यक पदर्छ । गम्भिर प्रकृतिका अपराधीहरुलाई पक्रनु नै यसको एकमात्र उद्देश्य हुन्छ ।

तर, सिटिजन ल्याबले कुन सरकारले कहिले कसका विरुद्ध यसको गलत प्रयोग गर्यो भन्ने बारेमा सूची नै तयार गरेको छ ।

हतियारजस्तै सफ्टवेयर बिक्री पछि पनि यसको भण्डारणको जिम्मेबारी डेभलपर्सको हुन्छ । यसै कारण यसको गलत प्रयोगमा उनीहरु पनि जिम्मेबार ठहरिने सम्भावना देखिन्छ ।

डिजिटल जासुसीका घटनामा इजरायली कम्पनी एएसओ ग्रुप अग्र स्थानमा छ । अब्दुलअजीजका वकिल यो कम्पनीलाई अदालतमा तान्दैछन् । उनको फोन ह्याकिङमा यो कम्पनीको संलग्नता थियो । तर, एनएसओले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आएको छ ।

Loading...