२०७६ साउन ५

भोजपुर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

भोजपुर, १० असार । भोजपुर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाले ४४ करोड ३२ लाखको वजेट विनियोजन गरेको छ ।

नगरपालिकाको तेस्रो नगर सभाबाट नीति, कार्यक्रम तथा आर्थिक विधेयक २०७६ समेत पास गरेको छ । नगरपालिकाका प्रमुख तथा तेस्रो नगर सभाका सभा अध्यक्ष कैलाशकुमार आलेले आर्थीक वर्ष २०७६÷०७७ को वजेट प्रस्तुत गरेका थिए । नगरपालिकाले तेस्रो नगर सभा मार्फत चालु तर्फ ७ करोड ५४ लाख ३२ हजार, पुंजिगत तर्फ १५ करोड ६७ लाख ५६ हजार ८ सय र ससर्त अनुदान तर्फ २१ करोड ५९ लाख रकम विनियोजन गरेको छ ।

नगरपालिकाको तेस्रो नगरसभाबाट पुर्वधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्रथामिक्तामा राखेर वजेट ल्याएको सभाका सभाध्यक्ष तथा मेयर कैलाश कुमार आलेले बताए ।

नगरसभाले १४ वटा अर्थीक विधेयक समेत पास गरेको छ । जसमा संक्षिप्त नाम र प्रारम्भ, भूमिकर, घर वहाल कर, व्यावसाय कर, जडिवुटी, कवाडी र जिवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, बहाल विटौली शुल्क, पार्कीङ्ग शुल्क, सेवा शुल्क दस्तुर, कर छुट र कर तथा शुल्क संकलन सम्वन्धी कार्यविधी पारित भएको छ । कार्यक्रम जिल्ला समन्वय समिति भोजपुरको सभाहलमा सम्पन्न भएको भोजपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुन्यप्रसाद लुईटेलले जानकारी दिए ।

Loading...