२०७६ मंशिर ३

निर्वाचन क्षेत्रमा लोकप्रिय बन्दै ज्ञानेन्द्र कार्की

चतरा, ६ असार । पूर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्रनम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र कार्कीले निर्वाचन क्षेत्रमा कायपलट गर्न थालेका छन । निर्वाचन क्षेत्रमा आफ्नो मदतदातालाई बोलेको बोेलेको कुरा पुरा गर्न थालेका हुन । निर्वाचन क्षेत्र लक्षित नयाँ बिकासका योजना सार्वजनिक गरेका छन् ।

निर्वाचित भएको ढेर बर्षमा दर्जनौ पटक मतदाताहरु माझ आएर स्थानियको आवश्यता बुझि बिकासका योजना ल्याई रहेका सुनसरी क्षेत्र नं ४ मा हाई हाई बन्न पुगेका छन । बराहक्षेत्र नगरपालिका वडा नं ८ को कुटिहुदै जितपुर चक्रघट्टी बसपार्क बुधबारे चोक ,आईतबारे महेन्द्र गेट देखि बाङ्गे बजार बाट सोमबारे चोक देखि महेन्द्र गेट सम्मको सडकको स्तरनोनती गरि नाला सहितको सडक निर्माणको योजना सार्वजानिक गरेका छन् ।

त्यस्तै बराहक्षेत्र नगरपालिका वडा नं १ ,२ ,३, ४ र ५ तथा रामधुनि नगरपालिका ६ र ७ मा पनि सडक सन्जाल स्तरउन्ती तथा नाला ब्यवस्था र बराहक्षेत्र नगरपालिका ८ र ९ को सिमाना हुदै रामधुनी जोडने सडक स्तरोउन्तीकालागि योजनामा परेको काठमाण्डौमा रहेर योजना छनौटमा सघाएका नेपाली कांग्रेस वराहक्षेत्र संयोजक तथा महा समिती सदस्य बाबुराम बिष्टले टेलिफोन मार्फत जनाए ।

अबको बाँकी समय सुनसरी क्षेत्र नम्बर ४ को बिकासमा खर्चिने भनेर प्रतिज्ञा गरेका माननीय कार्कीले चक्रघट्टी तथा वराहक्षेत्रलाई स्माट सिटि बनऊन समेत सदन मार्फत सरकार समक्ष माग गर्दै आइरहेका छन् । बिद्यार्थीहरुलाई पुस्तक त कहिले जाडोकालागि न्यानो कपडा ल्याएर स्थानिय मतदाताहरु माझ भेटघाट गर्न आउने कार्कीले बिभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुको संगको सहकार्यमा नयाँ बिकासका खाकाहरु कोरिरहेका छन् ।निर्वाचन क्षेत्र बिकास कोष अन्तरगत पहिलो बर्ष ४ करोडको योजना निर्वाचन क्षेत्रको बिकासमा खर्चिएका कार्कीले दोस्रो बर्षको निर्वाचन क्षेत्र बिकाश अन्तरगत पुन ६ करोडको योजना बिकासको खाकाको रुपमा परिनत गर्ने समेत तयारीमा कार्की लागि परेका छन् । कार्की अहिले आफ्नो निर्वाचन क्षेत्रमा मात्र हैन सुनसरीमै हाईहाई पुगेका छन ।

Loading...