२०७६ साउन ५

भाेजपुरकाे हतुवागढी गाउँपालिकामा घुष सहित इन्जिनियर प्रक्राउ

अर्जुन बस्नेत
असार , ३ । अख्तियारले घुषलिदै गरेको अवस्थामा इन्जिनियर सहित २ जनालाई प्रक्राउ गरेको छ । हतुवागढी गाउँपालिकाका इन्जिनियर मिसुहाङ्ग किरात र असिस्टेन सव इन्जिनियर नइन्द्र राईलाई घुष रकम सहित प्रक्राउगरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलिले कार्यालरबाटै उनिहरुलाई प्रक्राउ गरेको हो । इन्जिनियर मिसुहाङ्ग किरातले ५० हजार र असिस्टेन सवइन्जिनियर नइन्द्र राई २० हजार घुषलिएको अख्तियारले जनाएको छ ।

प्रक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इटहरुी तर्फ लगिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ । कार्यालयका अनुसार इटहरीबाट थप अनुशन्धानका लागि काठ्माडौँ पाठाइने जानाईएको छ ।

रामप्रसाद राई गाउँपालिका दिनेश कार्कीले स्काइभेटरले काम गरेको विषयमा घुष मागेपछि घुष दिएको सूचनाको आधारमा अख्तियारले समातेको हो ।

हतुवागढी ७ आम्जीरा हुदै मचुवा जाने सडक र होम्ताङ्ग दिफारा हुदै वडा नं. ७ पिप्ले आउने सडकको विषयलाई लिएर घुस मागेको र घुस लिदै गर्दा पक्रिएको हतुवागडी गाउँपालिका अध्यक्ष प्रेम राईले बताए ।

यता निर्माणको क्रममा स्काइभेटर प्रयोग भएकोमा दस लाख रकम निकासा नगरि घुष मागेको कारण वाध्य भएर अख्तियार गुहार्नु परेको दिनेश कार्कीले बताए ।

Loading...