२०७६ साउन ५

भोजपुर हातेमालो सेवा समाज युएईको क्षेत्रीय समिति बिस्तार, दीपक थापा मगरको अध्यक्षतामा नयाँ नेतृत्व

एन.के./३२ जेठ । युएईमा रहेका भोजपुरेहरुको संस्था भोजपुर हातेमालो सेवा समाज संगठित बन्दै गएको छ । समाजले शुक्रवार अबुधावी क्षेत्रिय अधिवेशन समेत गरेको छ ।
क्षेत्रिय अधिवेशनले दीपक थापा मगरको अध्यषतामा १३ सदस्य समिति तथा २ जना सल्लाहकार समिति समेत चयन गरेको छ । भोजपुर हातेमालो सेवा समाज युएईका केन्द्रिय अध्यक्ष भीम थापाको अध्यक्षता तथा संस्थाका प्रमुख सल्लाहकार ज्ञानेन्द्र बहादुर राईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा राजिन राई, महिला उपाध्यक्षमा गीता बराइली, सचिव श्याम विसी, सहसचिव युवराज तिवारी, कोषध्यक्ष दिनेश लुहार र सहकोषध्यषमा रमेश विकलाई चयन गरेको छ ।


यसैगरी सदस्यहरुमा योगेन्द्र थापा, विरिन्दा राई, रामजी बस्नेत, पेमा शेर्पा थापा मगर र टेक बहादुर तिरूवा चयन भएका छन भने तथा टीकाराम बराईली र नारायण खिम्बु राईलाई सल्लाहकार समितिमा राखिएको भोजपुर हातेमालो सेवा समाज युएईले जनाएको छ ।
सो क्रममा संस्थाका केन्द्रिय अध्यक्ष भीम थापाले युएईमा रहेका सम्पूर्ण भोजपुरेको पक्षमा निस्वार्थ ढंगले काम गर्ने प्रतिबद्धताका साथ भोजपुर हातेमालो सेवा समाज युएईमा प्रवेश गर्न आग्रह गर्दै नयाँ कार्य समितिलाई संस्थाको विधान लाई आत्मसाथ गर्दै काम गर्न आग्रह गरेका छन ।
भोजपुर हातेमालो सेवा समाज युएईका प्रमुख सल्लाहकार ज्ञानेन्द्र बहादुर राई, संस्थाका केन्द्रिय महासचिव राम कुमार तिरुवा, केन्द्रिय उपाध्यक्ष विमल लामिछाने, केन्द्रिय कोषाध्यक्ष अस्मी तामाङ्ग लगायतले शुभकामना मन्तब्य राख्दै ब्यक्तिगत भन्दा संस्थाको हितमा जुटन सवैलाई आग्रह गरे ।


संस्थाका प्रमुख सल्लाहकार तथा अधिबेसनका प्रमुख अतिथि ज्ञानेन्द्र बहादुर राईले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराएका थिए ।

Loading...