२०७६ असार ४

अरुण गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

भोजपुर, २७ जेठ । भोजपुरको अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । अरुण गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष विनिता डकालको विशेष आतिथ्यमा कार्यक्रम सुरु भएको हो ।

खेलमा गाउँपालिका भित्र रहेका सात वटा माध्यकिम विद्यालयको सहभागी रहेको अरुण गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज कार्कीले जानकारी दिए ।

उद्घाटनका दिन भएको खेलमा महिला तर्फ अरुणदय मावि चरम्वी र कटका मावि याङपाङ पाईनलमा प्रवेश गरेको छ । खेल आज पनि हुने छ । खेल भोली सम्पन्न हुने कार्कीले जानकारी दिए ।

Loading...