२०७६ भदौ १

त्रियुगा नगरका मेयर चौधरीले बाँडे ३० जना पत्रकारलाई ल्यापटप

काठमाडौं, २६ जेठ । सुनसरीस्थित इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पत्रकारलाई धम्क्याएर चर्चामा आइरहेको बेला उदयपुरस्थित त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले भने सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणमा सहयोग पुगोस् भन्दै स्थानीय ३० जना पत्रकारहरुलाई एक÷एक थान ल्यापटप वितरण गरेका छन् ।

मेयर चौधरीले नगरपालिकाको ‘प्रविधि हस्तान्तरण’ शिर्षकको बजेटबाट पत्रकारहरुलाई ल्यापटप बाँडेका हुन् । एउटा ल्यापटपको मूल्य ४५ हजार रुपैयाँ रहेको छ ।

प्रविधि हस्तान्तरण कार्यक्रमका लागि चालू आर्थिक वर्षमा १२ लाख रुपैयाँ छुट्याइएको थियो । तर आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहेको बेला पत्रकारहरुलाई सो बजेटबाट ल्यापटप बाँडिएको हो । यस पटक ल्यापटप नपाउने पत्रकारहरुलाई अर्को वर्ष उपलब्ध गराइनेछ ।

तर पत्रकारहरुलाई ल्यापटप बाँडिएको विषयमा भने केही पत्रकारसहित सर्वसाधारणले समेत असहमति प्रकट गरेका छन् । पत्रकार बीपी साहले नगरपालिकाको उक्त कार्यको व्यंग्यसहितको विरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखका छन्, ‘मेयर त बलदेव चौधरी जस्तो पो हुनुपर्छ । ३० जना पत्रकारलाई ल्यापटप दिएर भागबण्डा मिलाउनुपर्छ । अनि पो विवादमा परिदैन ।’

Loading...