२०७६ भदौ १

बजार अनुगमनबाट दश हजार भन्दा बढिको खाद्मय सामग्री नष्ट

भोजपुर, २६ जेठ । भोजपुरको हतुवागडी गाउँपालिकाको केन्द्र घोडेटार बजारमा शनिवार अनुगमन गरिएको छ । बजार अनुगमनबाट दश हजार बरावरको म्याद गुज्रिएका खाद्य बस्तु नष्ट गरिएको छ ।

हतुवागडी गाउँपालिकाको उपाध्यक्ष चन्द्रमा राईको नेत्रित्व तथा जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराई र घरेलु तथा साना उद्योग टक्सारका कार्यालय प्रमुख चेतनाथ गौतमको उपस्थितीमा भएको अनुगमनबाट दैनिक उपभोग्य सामग्रीको म्याद गुज्रीएको भटीए पछि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराइले जानकारी दिए ।

अनुगमनमा अधिकांश पसलहरुमा वोर्ड नराखिएको, मूल्य सूचि नराखीएको, दर्ता नगरिएको भेटिएको भट्टराइले जानकारी दिए । बजार अनुगमन पश्चात उपभोत्ता संरक्षण तथा सचेतना कार्यक्रम समेत गरिएको थियो ।

Loading...