२०७६ असोज ३

भोजपुरमा ढुङ्गाले किचेर ६० वर्षीया वृद्धाको मृत्यु

भोजपुर, १० जेठ । षडानन्द नगरपालिका –१४ बोयामा ढुङ्‍गाले किच्दा एक वृद्धाको ज्यान गएको छ । स्थानीय ६० वर्षीया सीता बुढाथोकीको घाँस काट्ने क्रममा माथिबाट झरेको ढुङगाले लागेर मृत्यू भएको हो।

खुट्टा च्यापिएर गम्भीर घाइते भएकी बुढाथोकीको उद्धार गर्ने क्रममा बिहीबार राती ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । वृद्धालाई च्यापेको ढुङगा प्रहरी र स्थानीयले मात्र हटाउन नसकेपछि एक्साभेटरको सहायताले निकालिएको थियो । उनको शवलाई पोस्टमार्टमका लागि संखुवासभा पठाइएको प्रहरीले जनाएको छ ।

Loading...