२०७६ असार ४

विप्लवको बन्दले भोजपुरमा जनजिवन प्रभावित

भोजपुर, १० जेठ । विप्लव समुहले भोजपुर जिल्ला बन्दको आवाह्वान गरेपछि जनजिवन प्रभाभित भएको छ । भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरी वीच गोलि हानाहान पछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको विरोधमा भोजपुर बन्द गरेको हो । बन्दको प्रभाव बन्दका कारण सानाठुला सबै यातायातका साधनहरु संचालन हुन सकेका छैनन् भने छिटफुट रुपमा बजार क्षेत्रमा केहि मोटरसाईकल र टेम्पो भने संचालनमा आएका छन् ।

भोजपुर सदरमुकामका शैक्षिक संस्था पुरै ठप्प रहेका छन् । सवै पसलहरु बन्द छन् भने केहि पसलले एक ढिक खोली कारोवार गरेका छन् । विप्लवको बन्दको आसिंक प्रभाव परेको सुरक्षा निकायले जनाएको छ । जिल्ला बाहिरा बाट भोजपुर आएका यातायातका साधनलाई भने प्रहरीले स्कटिङ गरी सदरमुकाम ल्याईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव थेवेले बताए । अघोसित रुपमा बन्द भएको कारण सर्वसाधरणहरु अलमलमा परेका थिए । विहान यातायात सञ्चालन नभएपछि मात्र बन्द भएको थाहा पाएका थिए । वजार भन्द भए पछि स्थानीयको चहलपहल पनि कम भएको छ । भोजपुरमा औषधि पसल र केहि पसलहरुले लुकिछिपी कारोवार गरे पनि अधिकांश पसल पसल बन्द रहेका छन् ।
गतमंगलवार दिउसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा गस्ती गर्दै गएका प्रहरी र विप्लव कार्यकर्ता एक्कासी झम्काभेट भए पछि विप्लव कार्यकर्ताले गोली चलाउन खोजे पछि प्रहरीले जवाफी गोली प्रहार गरेको थियो । प्रहरीको गोलि प्रहारबाट षडानन्द नगरपालिका २ कुदाककाउलेका विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए । खुट्टामा गोलि लागेको घिमिरेको थपउपचारको क्रममा धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यू भएको थियो । उक्त कार्यकर्ता मृत्यूको विरोधमा विप्लवले भोजपुर बन्द गरेको हो । यता विप्लव समुहले भने गोली प्रहारबाट घाईते भई मृत्यू भएको घिमिरेको प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको दावी गरेको छ ।

Loading...