२०७६ भदौ १

जुत्ताभित्र लुकाएको सुन सहित पक्राउ

मकवानपुर, २६ वैशाख । प्रहरीले ८५ लाख मूल्य पर्ने अवैध सुनसहित भोजपुर नगरपालिकाका एकजना किशोरलाई पक्राउ गरेको छ । फरक शैलीबाट गाँजा तस्कार गर्नेहरुलाई नियामित जसो पक्राउ गर्दै आएको मकवानपुर प्रहरीले विहीबार पहिलो पटक अबैध सुन सहित व्यक्ति पक्राउ गरेको हो । जुत्ताभित्र पैतालामुनी र पाइन्टको खल्तीमा भन्सार छली लुकाएर ल्याएको सुन सहति व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मकवानपुर प्रहरीका अनुसार अवैध सुन तस्करीमा संलग्न किशोरलाई हेटौंडा रातोमाटेबाट पक्राउ गरेको हो । अवैध सुन तस्करीमा पहिलो पटक प्रहरीलाई नै झुक्याउन सफल भएको र दोस्रो पटकमा पक्राउ गर्न प्रहरी सफल भएको पत्रकारसम्मेलनमा जानकारी गराइएको थियो ।

इलाका प्रहरी कार्यालय पशुपति नगरबाट प्रहरी निरीक्षक अरुण कुशवाहको नेतृत्वमा खटिएको प्रहरी टोलीले वैशाख २३ गते बिहान ३ बजे हेटौंडा–१५ रातोमाटे सडक खण्डमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको यात्रुवाहक बसमा सवार एक युवकलाई भन्सार छली ल्याएको अवैध सुनसहित पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका–४ बस्ने २९ वर्षीय किशोर लोहागुन ९विक० रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । लोहागुनको साथबाट आजको बजार मल्य अनुसार ८५ लाख ८६ हजार २६ रुपियाँ पर्ने १ किलो ६ सय ४९ ग्राम अवैध सुन बरामद गरिएको हो ।

लोहागुनले आफ्नो दुवै खुट्टाको जुत्ताभित्र पैतालामुनी र पाइन्टको खल्तीमा भन्सार छली लुकाएर सुन ल्याएको प्रहरीले बताएको छ । बरामद सुन प्रहरीले राजस्व अनुसन्धान विभाव पथलैया पठाउने जनाएको छ ।

प्रहरीले लोहागुन भरियामात्रा हुन वा कोरोबारी नै हुन भन्ने अनुसन्धान जारी रहेको बताएको छ । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बरामद गरिएको सुन मकवानपुर सुचचाँदी व्यवसायी संघसँग समन्वय गरी सुन भएको तथ्य पत्ता लगाएको बताए ।

Loading...