२०७६ भदौ १

सरकार सबै पक्षमा असफल, जनताले कसरी विश्वास् गर्ने : नेता खड्का

धनकुटा, २५ बैशाख । नेपाली कांग्रेसका यूवा नेता एवम् पूर्व राज्यमन्त्री दिपक खड्काले सरकार सबै पक्षमा असफल रहेको बताएका छन् ।

नेपाली कांग्रेसले थालेको जागरण अभियान अन्र्तगत आज धनकुटामा भएको कार्यक्रमा नेता खड्काले यस्तो बताएका हुन् कोण सभालाई सम्वोधन गर्दै नेता खड्काले आफ्ना गल्ती लाई ढाकछोप गर्न प्रधानमन्त्री तुच्छ भाष प्रयोग गर्न थालेको भन्दै यसलाई प्रधानमन्त्रीले सच्याउन आवश्यक रहेको बताउदै आफ्ना गल्तीलाई ढाकछोप गर्न प्रधानमन्त्रीले तुच्छ भाषा प्रयोग आवश्यक नरहेको बताए ।

कार्यक्रमा बोल्दै महिला नेतृ शोभा पालुङ्गवाले सरकार भ्रष्टाचार गर्न र आतक फैलाउन लागि परेको आरोप लगाईन् स्वागत मन्तव्य राख्दै नेपाली कांग्रेस धनकुटाका कोषध्यक्ष दिनेश राईले मातिएको अवस्थामा रहेकोले कुनै राम्रो काम गर्न नलागेको बताए त्यस्तै नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले सरकारको गलत कार्यको विरोध गर्ने पत्रकार लाई धम्की दिन थालेको बताए ।

नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी पौडेलले सरकार अधिनायकवादी भएको बताए ।

Loading...