२०७६ वैशाख १०

भोजपुर सदरमुकाम स्थित हेलिडाडाँमा ट्याक्टर दुर्घटना

भोजपुर । भोजपुर नगरपालीका वडा नं ७ स्थित हेलीडाडाँमा आज विहान ९ वजे टयाक्टर दुर्घटना भएको छ । जिल्ला अस्पताल भोजपुरको भवन प्रांगढको माटो लिएर हेलीडाडाँ आई माटो खनाउने क्रममा को २ त ५३९० नम्बरको टयाक्टरको डाला चुटिएर सडकबाट तल झरेको स्थानीय दर्शक धर्मराज राईले बताएका छन् ।

टयाक्टर सडकबाट ४० मिटर तल खसेको अस्थाई जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरका असई प्रेम शाहले जानकारी दिएका छन् । दुर्घटनामा भौतीक क्षती भएको तर मानवीय क्षती नभएको समेत शाहले जानकारी दिएका छन् ।

Loading...