२०७६ असार ४

भोजपुरका सहकारीकर्मी भन्छन थोरै बचत गरेको देखिदैन, तर पछि त्यही काम लाग्छ

निश्चल शर्मा
भोजपुर । दुर्गम पहाडी जिल्ला भोजपुरमा संचालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु आफुहरुले बचत गरेको थोरै रकम शुरुमा नदेखिए पनि पछि त्यही नै ठुलो हुने गरेको बताउँछन ।
भोजपुर नगरपालिका क्षेत्रमा नै संचालन आएको हिटिधारा बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता संजिव कार्की भन्छन “थोरै नियमितरुपमा बचत गर्दा हामीलाई केही पनि समस्या हुदैन, त्यो थोरै पैसा पछि गएर केही काम गर्न सकिने हुन्छ ।” यसले गर्दा बचत गर्नु पर्छ भन्ने बानीको समेत बिकास हुन्छ कार्की भन्छन ।
सहकारीमा बचत गर्ने बानीको बिकासका लागि आफुहरुले पनि जिल्लामा चेतनामुलक कार्यक्रमहरुका साथै बिभिन्न सहकारी सम्वन्धी तालिमहरु समेत संचालन गरि रहेको जिल्ला सहकारी संघ भोजपुरका अध्यक्ष बिश्वनाथ पराजुली बताउँछन । अध्यक्ष पराजुली भन्छन सकारीका सिद्धान्त अनुसार संचालन भएका जिल्लामा सक्रिय सहकारी संस्थाहरु राम्रोसँग नै नाफाका साथ चलि रहेका छन ।
बचत तथा ऋण सहकारी संस्था लिमिटेड भोजपुरका महासचिव हरिकृष्ण दाहाल व्यवसायिक सहकारीलाई प्रोत्साहन गर्नका लागि सरकारी स्तरबाट नै अनुदान दिने व्यवस्था गर्नु पर्ने बताउँछन । सहकारी मार्फत् मान्छेको जीवनस्तर समेत सुधार्न सकिने भएकाले अहिले सहकारीमा सवै आवद्ध हुनु पर्ने उनको भनाई रहेको छ ।


यता भोजपुरमा ६२ औ राष्ट्रिय दिवसका अवसरमा बुधवार भएको कार्यक्रमका सहभागिले सहकारीलाई प्रोत्साहन गर्नु पर्ने बताएका छन । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खडकाले स्थानिय तहहरुमा समेत जनप्रतिनिधी आएकाले सहकारीका बिषयमा उनीहरुलाई समेत प्रशिक्षित गर्दे सहकार्य मार्फत अव सहकारीहरुलाई अगाडी बढाउनु पर्ने बताए । दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी भन्ने मुल नाराका साथ भोजपुरमा पनि दिवस मनाईएको हो ।

Loading...