२०७६ वैशाख १०

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा शुरु स्वास्थ्य शिविरमा पाँच सयको उपचार

भोजपुर, २० चैत्र । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा बुधवारबाट दुई दिने निशुल्क स्वास्थ्य शिबिर शुरु भएको छ ।
गाउँपालिकाको वडा नंं. ५ मा रहेको चन्द्रावती आधारभुत विद्यालय फेदीमा बुधवार शिविर संचालन भयो ।

गाउँपालिकाको आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरको प्राबिधिक सहयोगमा शिविर शुरु भएको गाउँपालिका अध्यक्ष महेश राईले बताए ।
शिविरको पहिलो दिन गाउँपालिकाका करिव ५ सयले स्वास्थ्य सेवा लिएका छन । शिविरमा स्त्री रोग, जनरल फिजिसियन, हाड जोर्नी तथा नशा रोग, नाक कान तथा घाँटी, मुख तथा दन्त रोगको विशेषज्ञ स्वास्थ्यकर्मीहरुबाट उपचार भै रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरका प्रवन्धक अरबिन्द मण्डलले बताए ।


दुई दिनसम्म चल्ने शिविर बिहिवार भने गाउँपालिकाको केन्द्र चौकिडाडाँमा रहेको जाल्पा माध्यामिक बिद्यालयमा संचालन हुने गाउँपालिका अध्यक्ष महेश राईले बताए ।

Loading...