२०७६ कार्तिक ५

पत्रकार टीआर सेनेहाङ, चन्दा र शिखाको “फेवा तालैमा” गितको छायाङकन सकियाे

तेह्रथुम, १५ चैत्र । गायक समिर सिंगक र मेलिना राईको आवाजमा रहेको “फेवा तालैमा” बोलको गितको म्यूजिक भिडियोको छायाङकन सकिएको छ ।

चर्चित स्वरकी धनी मेलिना र चौतारे कान्छा उपनामले चिनिएका सदाबहार गायक समिरले केही महिना अघि रेकर्ड गरेको गितको पुर्वी जिल्ला तेह्रथुमको बिभिन्न पर्यटकिय क्षेत्रहरुमा छायाङकन गरिएको हो ।

प्रकाश थुलुङको शब्द रचना र मन थुलुङको कम्पोज रहेको लोकपप् बिधाको यो गितको भिडियोमा चर्चित पत्रकार टीआर सेनेहाङले मोडलिङ गरेका छन् ।

सेनेहाङलाई चन्दा ईवाहाङ कुरुम्बाङ र शिखा पयाङगुले मुख्य पात्रको रुपमा साथ दिएका छन् भने सहायक भुमिकामा दिपा लिम्बु , स्वयम् सिंजागु , दिलबिक्रम लिम्बु र सबनम लिम्बुलाई देख्न सकिन्छ ।

भिडियो निर्देशनमा राम्रो दखल भएको मानिएका देउकृष्ण देवानको निर्देशनमा निर्मित म्यूजिक भिडियो सुरेन सेनेहाङले खिचेका हुन् । भिडियो छायाङकनमा असोक मण्डल श्रृगार र ओम फेदपले सहायक क्यामेरामेनको रुपमा काम गरेका छन् ।

पुर्वेली सामाजिक परिवेशको कथावस्तुलाई समेटेर तयार पारेको यो भिडियो नयाँबर्षको अवशरमा एक कार्यक्रमका बिच सार्वजनिक गरिने तयारी रहेको निर्देशक देवानले बताए ।

Loading...