२०७६ वैशाख १०

अरूण गाउँपालिकाकाे चरम्बीमा आगलागी, १२ लाखको क्षती

भोजपुर, १२ चैत । भोजपुर जिल्लाको पुर्वी अरुण गाउँपालीका वडा नं ४ चरम्बीको डाडाटोलमा आगलागी भएको छ । स्थानीय गोविन्द प्रशाद संजेलको आज दिउसो साढे १२ बजे गोठमा आगलागी भएको हो ।

आगलागीबाट गोठमा राखीएका खाद्यन्न, लताकपडा, गाई, बाच्छो लगायत गरी करीब १२ लाख बराबरको भौतीक क्षती भएको स्थानीय महेन्द्र भुजेलले जानकारी दिएका छन् ।
घरमा कोहि नभएको बेला खाना पकाउने चुलोबाट आगलागी भएको र आगोलागेको छिमेकीले थाहा पाएर आगलागी सुरु भएको करीब १ घण्टा पछि स्थानीय, प्रहरी चौकी जरायोटारको टोलीले निभाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशिले जानकारी दिएका छन् ।

Loading...