२०७६ साउन ५

गिरिजा काेइरालाको ९ औ स्मृति दिवसमा वृक्षरोपन साथै विरामिलाई फलफुल वितरण

भोजपुर, ७ चैत । युग पुरुष गिरिजा प्रसाद कोईरालको ९ औ स्मृति दिवसमा वृक्षरोपन साथै विरामिलाई फलफुल वितरण कार्यक्रम गरिएको छ ।

गिरिजा प्रसाद कोईराला फाउनडेशन जिल्ला शाखा भोजपुरले कोईरालाको ९ औ स्मृति दिवसमा जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गरेको छ ।

यस्तै विदवसको अवसरमा शहिद पार्कमा सरसफाईसंगै वृक्षरोपन समेत गरेको । गिरिजा प्रसाद कोईराला फाउनडेशन जिल्ला शाखा भोजपुरका संयोजक निरकुमार विकले जानकारी दिए ।

दिवसकै अवसरमा पञ्चकन्या आधारभुत विद्यालयमा शैक्षिक सामग्री विरणको कार्यक्रम भने दिउसो गरिने । गिरिजा प्रसाद कोईराला फाउनडेशन जिल्ला शाखा भोजपुरका सचिव प्रमेश भारतीले जानकारी दिए ।

फलफुल विरण, सरसफाई तथा वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापति नन्दमणी राई, विषेश अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सचिव कैलाश कुमार आले र विभिन्न भात्री संगठनका पधादिकारी, नागरिक समाज र पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Loading...