२०७६ साउन ५

साफ महिला फुटबलः नेपाल फाइनलमा प्रवेश

विराटनगर,  ६ चैत । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई ४-० पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

यहाँस्थित शहीद रङ्गशालामा भएको खेलमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका हुन् । नेपालकी जर्घामगरले खेलको ४२ औँ मिनेटमा पहिलो गोल गरिन भने ७३ औँ मिनेटमा बस्नेतले गोल गर्दै नेपालको अग्रता २-० अगाडि बढाइन् ।

यसैगरी खेलको ८२ औँ मिनेटमा भण्डारीले हेडिङमार्फत् तेस्रो गरेकी थिइन् भने ८६ औँ मिनेटमा पौडेलले गोल गर्दै नेपाललाई ४-० गोल अन्तरले विजयी बनाई फाइनलमा पुर्याएकी थिइन् । पौडेल ६४ औँ मिनेटमा कप्तान निरु थापाको बदलामा मैदानमा प्रवेश गरेकी हुन् । नेपालले शुरुआतदेखि नै आक्रामक खेलेको थियो ।

आगामी शुक्रबार नेपालले दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल अहिले भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

Loading...