२०७६ साउन ५

पहिलो भेटमै उनले मलाई कसौ काले सुर भनिन्

सुजन कटुवाल 

पहिलो भेटमै उनले मलाई कसौ काले सुर भनिन्
केही दिनका लागि हामी जाउँ घुम्न लाहुर भनिन्

उनीसँग सुत्दा राती थाहा नपाइ बेस्सरी घुरेछु
सातो उड्यो परेवा जस्तो नघुर्नु घुरघुर भनिन्

म, उनको सामु नछटपटाइ झोक्क्राएर बस्दा
बच्चा काड्न ओथारो बसेको तामे ढुकुर भनिन्

राले छोरो पाउने आशामा निबुवा टिपेर ल्याउँदा
आहा मेरो श्रीमानज्यू कति धेरै बहादुर भनिन्

घोर्ले छोरो जन्मियो अनि म खुशिले रमाउँदा
आगुन अर्को जन्मिन्छ नगर भो चुरचुर भनिन्

 

Loading...